समाचार

दीपक मनाङ्गेलाई २ दिन हिरासतमा राख्न अनुमति

By खबरहब

January 24, 2020

पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीले गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङ्गे)लाई अनुसन्धानका लागि २ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

अभद्र व्यवहारको कसुरमा बिहीबार पक्राउ परेका मनाङ्गेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २ दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को कास्की जिल्ला अध्यक्ष मिलन गुरुङको उजुरीका आधारमा प्रहरीले मनाङ्गेलाई पक्राउ गरेको थियो ।

प्रहरीले मनाङ्गेविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

यसैबीच, मनाङ्गेविरुद्ध उजुरी दिने गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ्ग कसुर तथा ठगी गरेको उजुरीका आधारमा प्रहरीले शुक्रबार गुरुङलाई पक्राउ गरेको हो ।