समाचार

हावाहुरीसहित वर्षाको पूर्वानुमान

By खबरहब

May 24, 2020

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू-भागमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ ।

महाशाखाले मंगलबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली  र पर्सी (मंगलबार) सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार भारतको पश्चिम बंगाल र बंगलादेशको आसपास बनेको निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशको मध्य, पूर्वी र पश्चिमी पहाडी भू-भाग तथा तराईका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।