कैलालीमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

June 24, 2020

काठमाडौं–  कैलालीमा थप ५७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ४६० पुगेको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालले एक विज्ञप्तिमार्फत् थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।  कैलालीको लम्कीचुहा नगरपालिका–२५ जना र गोदावरी नगरपालिकाका–३२ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

उनीहरु मध्ये ५ वर्षकी बालिकादेखि ५० वर्ष सम्मका १० जना महिला रहेका छन् भने ५ वर्षका २ जना ८ वर्षका एक जना गरी ३ जना बालक सहित ६० वर्ष सम्मका ४७ जना पुरुष रहेका छन् ।