फाइल फोटो

राजनीति

चीनद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन कांग्रेसद्वारा संकल्प प्रस्ताव दर्ता

By खबरहब

June 24, 2020

काठमाडौं- नेपाली कांग्रेसले चीनद्वारा अतिक्रमित भूमि  फिर्ता ल्याउन मागसहित संकल्प प्रस्ताव दर्ता गरेको छ ।

कांग्रेसका नेताहरु देबेन्द्र राज कँडेल, सत्यराम शर्मा खनाल र संजय कुमार गौतमले संसदमा बुधबार संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

नेपालको निशान छापमा अंकित नेपालको भौगोलिक, राजनीतिक नक्सा अनुसार नोपल र चीनबीच १४१४.८८ किलोमिटर सीमान रहेको र ९८ वटा सीमा स्तम्भहरुमध्ये केही हराएका र केही नेपालभत्रि सारिएको हुँदा फिर्ता ल्याउन उनीहरुले माग गरेका छन् ।

नेपालका विभिन्न जिल्लाहरु हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा र रसुवाका ६४ हेक्टर भन्दा बढी भूभाग अतिक्रमणमा परेको जनाइएको छ ।

त्यसैगरी गोरखाको सीमानामा पर्ने ३५, २७ र ३८ नम्बर सीमा स्तम्भ र सोलुखुम्बुमा पर्ने ६२ नम्बर सीमा स्तम्भ हराएको अवस्था हुँदा चीनको अतिक्रमणमा परेको नेपाली भूभाग कुटनीतिक पहलबाट फिर्ता ल्याउन उनीहरुले माग गरेका छन् ।