रोचक/विचित्र संसार

पाकिस्तानी सीमा क्षेत्रमा भारतीय सैनिक नाचेको भिडियो भाइरल

By खबरहब

July 24, 2020

सीमामा तैनाथ सैनिक सचेत अवस्थामा ड्यूटीमा हुन्छन् । उनीहरु तैनाथी अवस्थामा रहनु पर्छ । त्यसमा पनि भारतीय सीमा क्षेत्रमा खटिने भारतीय सैनिक सँधै युद्ध गर्ने तयारीसहित रहनुपर्छ ।

तर भारतीय सेनाका जवानले यही तनावका बीच गरेको रमाइलो समाजिक सञ्जालमा भाइरल बनेको छ । बोर्डरमा खटिएका उनले मज्जाले नाचेको भिडियो चर्चाका विषय बन्यो ।

भारत–पाकिस्तान बीचको सीमामा एक भिडियोमा भारतीय सैनिकहरुले डान्स गरेका छन् । भिडियोमा ४÷५ जना सैनिक पञ्जाबी सुपरहिट गीत ’दारू बदनाम कर दी’ मा भांगडा डान्स गरेका छन् ।

यस भिडियोलाई चर्चित भारतीय क्रिकेट खेलाडी वीरेन्द्र सेहवागले शेयर गरेका हुन् । उनले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट शेयर गरेको भिडियोमा बोर्डरको तारबार नजिकै भांगड़ा गीतमा डान्स गरेको देखिएको छ ।

 

View this post on Instagram

 

Only few men have the courage to enjoy in challenging situations Soldiers enjoying doing Bhangra somewhere close to the Indo- Pak border. So beautiful to watch the joy and wonderful energy. #jaijawan

A post shared by Virender Sehwag (@virendersehwag) on