Health workers wait to screen stranded Indians who arrived from Singapore at the Indira Gandhi international airport in New Delhi, India, Friday, May 8,2020. India is carrying out several repatriation flights to bring back citizens stranded in various countries. (AP Photo/Manish Swarup)

अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघ्यो

By खबरहब

August 24, 2020

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६१ हजार ७४९ जना संक्रमित भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ५ हजार १८५ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २३ लाख ३६ हजार ७९६ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख १० हजार ६९७ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५७ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८४६ जनाको मृत्यु भएपछि भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५७ हजार ६९२ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।