समाचार

पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

August 24, 2020

पर्सा – पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार ६ महिला र २८ जना महिला गरी ३४ जना कोरोना संक्रमित थपिएका हुन् ।

सोमबार थपिएका संक्रमितमध्ये वीरगञ्ज महानगरपालिकाका मात्र २० जना रहेका छन् ।

संक्रमितमध्ये वीरगञ्ज–४ की एक महिला , वीरगंज– ६ का एकजना पुरुष, वीरगंज– ११ का एकजना पुरुष, वीरगंज–१२ का एकजना पुरुष रहेका छन् ।

यस्तै वीरगञ्ज– १५ का ९ पुरुष ४ महिला, वीरगंज–१६ का एकजना महिला, वीरगंज २१ का एकजना पुरुष, वीरगंज– २४ का एकजना पुरुष रहेका छन् ।

यस्तै अन्य १४ जना संक्रमितहरु पर्सागढी नगरपालिका– ८ का हुन् । उनीहरु सबै पुरुष हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्सामा १ हजार ९४४ जनामा कोरोना संक्रमण देखिएको छ ।