समाचार

रुपन्देहीमा कोरोनाले एकै दिन ४ जनाको मृत्यु

By खबरहब

August 24, 2020

काठमाडौं- रुपन्देहीमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीकी ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसहित पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको कारण ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १ सय ५७ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुने अन्यमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साका ७० वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।