रोचक/विचित्र संसार

प्लेन भित्र मास्क नलगाउँदा बबाल (भिडियो)

By खबरहब

October 24, 2020

कहिलेकाहि शिक्षित ब्यक्ति समेत आवेगमा आउँदा त्यसको परीणाम नकारात्मक हुनसक्छ । यहि प्रसंगलाई हवाई यात्रामा रहेकि एक महिलाले साबित गरेकि छिन् ।

उत्तरी आयरलैंडको राजधानी बेलफास्टस्थित बेलफास्ट इन्टरनेशनल एयरपोर्टबाट एडिनबर्ग जाने विमानमा सवार एक महिलाको ब्यवहारले उनलाई यात्राबाट मात्र बञ्चित गरेन । सामाजिक सञ्जालमा समेत आलोचनाको पात्र बनायो ।

खासमा उनले विमानमा सवार हुदाँ पालना गर्नुपर्ने नियम अनुसार मास्क लगाएकि थिइनन् । यसै बिषयमा विमान कर्मचारीले उनलाई मास्क लगाउन अह्राए । तर उनि विवाद गर्न थालिन् । विवाद बढ्दै जादा उनले मानिसलाई सराप समेत भ्याइन् ।

विमान कर्मचारीले मास्क लगाउन भन्दा नमानेपछि उनले विवादकै क्रममा प्लेनमा सवार सबैलाई मरुन् भनेर समेत सरापिन् । उनको यस प्रकारको रबैयापछि हवाईजहाजबाट उतारीएको छ ।

An Easyjet passenger is thrown off the Belfast to Edinburgh flight this afternoon after she refused to wear a face covering 👀 pic.twitter.com/YwRLNBK8aA

— 𝐒𝐭𝐞𝐩𝐡𝐞𝐧 🇬🇧 (@LFC_blano) October 18, 2020