देश/प्रदेश

गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ६ हजार ४५९

By खबरहब

October 24, 2020

पोखरा– गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ४५९ पुगेको छ ।

अद्यावधिक विवरण अनुसार आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४७७ पुगेको छ ।

प्रदेशमा तीन हजार ८१५ जना कोरोना सङ्क्रमित निको भएको निर्देशनालयले जनाएको छ ।