समाचार

७० कोरोना संक्रमित भेन्टिलेटरमा, ३०७ को आइसियुमा उपचार हुँदै

By खबरहब

October 24, 2020

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ७७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ७० जना भेन्टिलेटरमा र ३०७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८१ जना आइसियु र ४९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४४ जना आइसियु र ८ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४८ जना आइसियु र ९ जना भेन्टिलेटरमा र  प्रदेश २ मा ९ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा २ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आइसियु र १ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ८ आइसियु उपचाररत रहेका छन्।