राजनीति

षड्यन्त्रपूर्वक गरिएको संसद विघटन सफल हुन दिन्नौँ : अध्यक्ष दाहाल 

By खबरहब

December 24, 2020

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन लोकतन्त्र, गणतन्त्र र कम्युनिष्ट आन्दोलनविरुद्ध भएको आरोप लगाएका छन् ।

बल्खुमा निर्माणाधीन पार्टी कार्यालयको अवलोकन गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले भने,‘देशमा कहीँ न कहीँ संसद अप्राकृतिक र असंवैधानिक तरिकाले विघटन गरियो । यो लोकतन्त्र, गणतन्त्र र अहिलेसम्म कम्युनिष्टले प्राप्त गरेका उपलब्धीहरुको विरुद्धमा षड्यन्त्रका रुपमा रहेको छ । यसलाई हामी सफल हुन दिन्नौँ भनेर हामीले पारित गरेका छौं । यहाँ आएर समेत हामीले यो संकल्प दोहोर्‍याउन चाहेका हौँ ।’

पार्टी कार्यालय बनाउने निर्णय आफ्नै अध्यक्षतामा अघिल्लो वर्ष बसेको केन्द्रीय समितिले निर्णय गरेको भन्दै अध्यक्ष दाहालले भने,‘अघिल्लो वर्ष भएको केन्द्रीय कमिटिको बैठकले सबै कम्युनिस्टहरुको भाव झल्कने खालको पार्टी कार्यालय बनाउने निर्णय भएको थियो त्यसैअनुसार हामी यहाँ आएका हौँ ।’