समाचार

हुवावेबिरुद्ध अझ कठोर बन्दै अमेरिका

By खबरहब

January 25, 2020

काठमाडौं –  चिनियाँ टेलिप्रदायक कम्पनी हुवावेविरुद्ध अमेरिका अझ कठोर रुपमा प्रस्तुत हुने संकेत गरेको छ ।

हुवावेका संस्थापक रेनले सन् २०२० मा अमेरिकाले हुवावेमाथि अझ ठूलो प्रतिवन्ध लगाउन सक्ने भन्दै गरेको प्रक्षेपण सत्य नजिक पुगेको छ ।

अमेरिकी वाणिज्य सचिव विल्बर रसले हुवावेमाथि ठूलो प्रतिवन्धको तयारी भइरहेको जानकारी दिएका छन् । हुवावेमाथि व्यापारमा थप प्रतिवन्ध लगाउने तयारिमा अमेरिका पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।

त्यसकालागि आन्तरिक गृहकार्य भइरहेको र चाडै उक्त निर्णय सार्वजनि गर्ने अमेरिकी वाणिज्य सचिव विल्बर रसले जनाएका छन ।

ब्लूमबर्गका अनुसार अमेरिकालाई कडाइ गर्न १० प्रतिशत भन्दा बढी अमेरिकी सामान प्रयोग गरेर उत्पादन भएको बस्तु बेच्न नपाउने निर्णय गरिनेछ । यसअघि २५ प्रतिशतसम्मको सीमा तोकिएको थियो ।