राजनीति

ओली, प्रचण्ड र देउवाबीचको छलफल निष्कर्षबिहीन

By खबरहब

January 25, 2020

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच एक घण्टासम्म छलफल भएको थियो ।

मेलमिलाप तथा सत्य निरुपण र बेपत्ता छानविन आयोगका विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री ओलीले प्रचण्डसहित देउवालाई बालुवाटार बोलाएको भएपनि कुनै निष्कर्षमा नपुगेको बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।