समाचार

चैत २३ गतेसम्मका लागि सर्‍यो प्रतिनिधि सभा बैठक

By खबरहब

March 25, 2020

काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आगामी चैत २३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

यसअघि चैत १३ गते (बिहीबार) बस्ने गरी चैत ६ गते सूचना टाँस गरी प्रतिनिधि सभा बैठक स्थगित गरिएको थियो ।

तर, सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न भन्दै देशव्यापी रुपमा लकडाउनको आदेश जारी गरेपछि संसद बैठक पनि सरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक चैत २३ गते आइतबार दिउँसो १ जबे बस्ने गरी निर्धारण गरेका संघीय संसद सचिवालयले जानकारी दिएको छ ।