फाइल फोटो

अपराध

काठमाडौंबाट सर्ट राइफल र बाह्रबोर बन्दुकसहित १ जना पक्राउ

By खबरहब

March 25, 2020

काठमाडौं– १ थान सर्ट राइफल र बाह्रबोरको २ नाले बन्दुकसहित प्रहरीले काठमाडौंबाट १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको मालुङ्गा गाउँपालिका–६ राम्दीघाट घर भइ काठमाडौंको टोखा–११ भण्डारी टोली बस्दै आएका ५४ वर्षीय सूर्य ज्वारचन छन् ।

जिल्ला अदालत कास्कीको पत्रादेशअनुसार महानगरीय प्रहरी वृत्त महाराजगंजको टोलीले ज्वारचनको टोखास्थित निवासमा छापा मारेको थियो ।

छापा मार्ने क्रममा उनको साथबाट १ थान सर्ट राइफल र बाह्रबोरको २ नाले बन्दुक फेला परेको महानगरीय प्रहरी बृत्त महाराजगंजले जानकारी दिएको छ ।

पक्राउ परेका ज्वारचनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको छ ।