sf7df8f}F, @( kmfu'gM sf]/f]gf efO/; /f]syfd tyf lgoGq0f pRr:t/Lo ;dGjo ;ldlt a}7s pkk|wfg tyf /IffdGqL O{Zj/ kf]v/]nsf] ;+of]hsTjdf laxLaf/ k|wfgdGqL sfof{no l;+xb/af/df a;]sf] sf]/f]gf efO/; -sf]le8–!(_ /f]syfd tyf lgoGq0f pRr:t/Lo ;dGjo ;ldltsf] a}7s . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

समाचार

आपूर्ति सहज बनाउन चीनसँगका नाका खुलाउने सरकारको निर्णय

By खबरहब

March 25, 2020

काठमाडौं –  कोरोना भाइरसको जोखिम उच्च भएपछि चीन र भारत दुबैतर्फका सबै १ सय ७० वटा नाका बन्द गरेको सरकारले आपूर्ती सहज बनाउन भन्दै चीनका नाका भने खुल्ला गर्ने भएको छ ।

भारतसँग जोडिएका १ सय ६४ वटा सीमा नाका भने बन्द नै रहनेछन् । चीनसँगका पनि ६ वटा मध्ये २ वटा खुल्ला गर्ने सरकारले निर्णय गरेको छ ।

रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्देश्यले खुलाइएको हो।

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार पारेको प्रोटोकल अनुसार नाका सञ्चालन गर्ने निर्णय गरेको हो ।

भारतले समेत सोमबार मध्यरातिदेखि २१ दिनका लागि लकडाउन गरेपछि नेपालमा आयात हुने उपभोग्य सामग्री आउन समस्या हुने भएपछि यस्तो निर्णय भएको हो ।

सामान आयात निर्यात बाहेकको कामका लागि भारत र चीन दुवै तर्फका नाका गत आइतबारको मन्त्रिपरिषद् बैठकबाट बन्द गर्ने निर्णय भएको थियो ।