रोचक/विचित्र संसार

राति ९ घण्टा सुत्नेलाई एक लाख दिइने

By खबरहब

April 25, 2020

एजेन्सी- प्राय: मानिस सुत्नका लागि मरिहत्ते गर्छन् । कोहि मानिस त सुतेपछि आफ्नो काम सबै बिर्सिएर सुत्ने गरेको समेत पाइन्छ ।

हामी कामको तनावले गर्दा राति पनि आरामले सुत्न सक्दैनौँ । तर अब सुत्ने काम पेशाको रुपमा आइरहेको छ । भारतको बेंगलुरुस्थित एक स्टार्ट अप कम्पनीले ९ घण्टा सुत्ने जागिरका लागि आह्वान गरेको छ ।

९ घण्टा सुत्नेलाई १ लाख भारतीय रुपैयाँ दिने पनि कम्पनीले भारतीय सञ्चारमाध्यामलाई बताएको छ । एक अनलाइन फर्म वेकफिटले सय दिन सम्म प्रत्येक रात सुत्ने मानिसलाई १ लाख दिने घोषणा गरेको हो ।

अनलाइन स्लीप सोलुन फर्मले आफ्नो यो कार्यक्रमलाई वेकफिट स्लीप इन्टर्नशीप नाम दिएको छ । सेलेक्ट गरिएको मानिसले प्रत्येक रात ९ घण्टा सुत्नुपर्छ ।

सुत्नुभन्दा अगाडि कम्पनीले स्लीप ट्रेकरको प्रयोग गर्छ । यो स्लीप ट्रेकर सुत्नेवाला मानिसको बिस्तारामा सुत्नु अगाडि राखिन्छ ।

यसले मानिसको सुति सकेपछिका गतिविधहरु रेकर्ड गर्छ । कम्पनिले सुत्नेवाला मानिसले पैसाका साथमा लीप ट्रेकर पनि पाउने सञ्चारमाध्यामले बताएका छन् ।