फाइल फोटो

अन्तर्राष्ट्रिय

रुसमा कोरोनाले ३५ सय ४४ को मृत्यु, ३ लाख ४४ हजारमा संक्रमण

By खबरहब

May 25, 2020

काठमाडौं – करिव ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ४४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ५९९ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ४४ हजार ४८१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १५३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार ५४१ पुगेको छ ।

२ लाख २७ हजार ६४१ जनाको उपचार भइरहेको छ भने १ लाख १३ हजार २९९ जना संक्रमणमुक्त भएका छन्।