समाचार

प्रदेश ५ मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

May 25, 2020

काठमाडौं – प्रदेश ५ मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका निर्देशक डाक्टर राजेन्द्र गिरीका अनुसार प्रयोगशालमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएका ७ जना नै पुरुष हुन् ।

उनीहरु १९ देखि ५० वर्ष उमेर भित्रका रहेका छन् । कोरोना संक्रमण पुष्टि भएका ७ जनामा गुल्मी जिल्लाका २ जना, कपिलवस्तुका २ जना, अर्घाखाँचीका २ जना, रूपन्देहीको एक जना रहेका छन् ।