खेलकुद

प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट शुरू हुने

By खबरहब

July 25, 2020

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बर १२ बाट शुरू हुने भएको छ ।

प्रिमियर लिगले शुक्रबार २०२०/२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु हुने जनाएको हो । नयाँ सिजन २०२१ को मे २३ मा सकिने प्रिमियर लिगले जनाइएको छ ।

यस सिजनको उपाधि लिभरपुलले जीतेको छ । लिभरपुलले ३० वर्षपछि पहिलो पटक उपाधि जीतेको हो ।