अन्तर्राष्ट्रिय

चिनियाँ गुप्तचरका लागि काम गरेको स्वीकारपछि सिंगापुरका एक व्यक्तिलाई अमेरिकामा मुद्दा

By खबरहब

July 25, 2020

काठमाडौँ – सिंगापुरका एक व्यक्तिले आफूले चीनको गुप्तचरका रुपमा काम गरेको स्वीकार गरेपछि अमेरिकामा मुद्दा दायर गरिएको छ ।

अमेरिकामा रहेको आफ्नो राजनीतिक कन्सलटेन्सीलाई चिनियाँ गुप्तचर निकायको सूचना संकलनार्थ प्रयोग गरेको स्वीकार गरेपछि जुन वीइ यीओविरुद्ध अमेरिकाले मुद्दा दायर गरेको हो ।

अमेरिका र चीनबीच पछिल्लो समय बढेको तनावमा यो पछिल्लो घटनाले थप उत्कर्षमा लगेको छ । यस्तै चिनियाँ सैनिकसँगको आफ्नो सम्बद्धता लुकाएकी एक अनुसन्धानकर्तालाई पनि पक्राउ गरिएको अमेरिकाले जनाएको छ । चीनले यसअघि चेङ्गडूमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो ।

अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्न भनेपछि चीनले पनि चेङ्गडूमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो।