कोरोना भाइरसको संक्रमणले सम्पूर्ण फिल्मी क्षेत्र थलिएको छ । यस महामारीमा फिल्मको काम थाल्नु वा सुटिङ गर्नु घातक साबित हुनसक्छ ।
यसबारे जानकार हुँदाहुँदै पनि बलिउडका केहि कलाकार भने आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् । अक्षय कुमार, आमिर खानदेखि हुमा कुरैशीसम्म फिल्मको सुटिङका क्रममा छन् ।
अक्षय कुमार अक्षय कुमार उनको आगामी फिल्म बेल बटमको सुटिङ गर्न ग्लासगो गएका छन् । उनी टिमसहित १५ अगस्टमा फिल्म सुटिङ गर्न ग्लासगो गएका हुन् ।
हुमा कुरैशी हुमा कुरैशी पनि यस समय ग्लासगोमा छन् । उनी पनि बेल बटमको सुटिङ गर्न ग्लासगो पुगेकी हुन् । हुमाले हालैमा एक रमाइलो भिडियो सार्वजनिक गरेसँगै उनी फिल्म सुटिङका क्रममा रहेको सार्वजनिक भएको हो ।
लारा दत्ता अक्षय कुमारको फिल्म बेल बटमकै टिममा लारा दत्त पनि छिन् । उनी पनि फिल्म सुटिङका लागी कोरोनाको महामारीकाबीच सुटिङमा छिन् ।
आमिर खान आमिर खान आफ्नो आगामी फिल्म लाल सिंह चड्डा सुटिङ क्रममा टर्की पुगेका छन् । उनले हालै टर्कीका राष्ट्रपतीकी पत्नी एमीन एर्दोगनसंग भेट गरेका थिए । जसका कारण भारतमा उनको आलोचना शुरु भएको छ ।
मौनी राय मौनी राय अहिले फिल्म सुटिङका लागी लण्डन पुगेकि छिन् । लण्डनमा उनी आगामी फिल्मको सुटिङमा ब्यस्त छिन् । मौनी लकडाउन पूर्व नै दुबईमा थिइन् ।