समाचार

नेपालमा कोरोनाले थप ५ को मृत्यु, मृतकको संख्या ८४७ पुग्यो

By खबरहब

October 25, 2020

काठमाडौँ — नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार थप ५ जनाकाे मृत्यु भएसँगै नेपालमा काेराेना संक्रमणबाट हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३३३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ११ हजार ६७० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।