खेलकुद

सावित्राको गोलमा केरलाको विजयी शुरुवात

By खबरहब

January 26, 2020

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले गोलम गोकुलम केरेलाले हिरो महिला लिग फुटबलमा विजयी शुरुवात गरेको छ ।

आइतबार बैंङ्लोरमा भएको खेलमा गोकुलमले श्रीभुमीलाई १–० गोल अन्तरले हराउँदा सावित्राले गोल गरिन् । उनले खेलको ६७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

उनको उक्त गोल नै गोकुलमको जीतका लागि निर्णायक गोल गरिन् । अघिल्लो सिजनको महिला लिगमा सावित्राले सेथु एफसीबाट खेलेकी थिइन् भने यो बर्ष उनले क्लब परिवर्तन गर्दै लिगमा सहभागी भएकी हुन् । सेथुले गत सिजन लिगको उपाधि जितेको थियो ।