रोचक/विचित्र संसार

क्या मज्जा, जब कार्यालयभित्र सीईओ नाचिइन् छमछमी (भिडियो)

By खबरहब

February 26, 2020

अफिसमा काम गर्ने अधिकाशं कर्मचारीहरुमा कामको चाप निकै हुने गर्दछ ।

उच्च पदका ब्यक्तिबाट आउने प्रेसर, सिफ्ट नसकिउन्जेल निस्किन नपाउने, कामको एकै रूटिन, प्रोफेशनल फर्मेट र गम्भीरतापुर्ण कामले कर्मचारीलाई बोर बनाउँछ । तर यस्तोमा कार्यालयमा एकाएक नाचको कार्यक्रम भयो भने क्या मज्जा होला ?

भारतको बहुचर्चित वेल्सपेन इंडिया लिमिटेडकी सीईओले कार्यालयमा एक रोचक काम गरेकी छिन् । उनको कामलाई धेरैले रुचाए साथै उनी एकाएक भाइरल समेत भइन् । यसरी उनी भाइरल हुनुको पछाडिको काम भने निकै रोचक छ ।

खासमा सबै कर्मचारीहरु कामको चापमा गम्भिर रहेको बेला लिमिटेडकी सीईओ दीपाली गोयन एकाएक शाखामा आइन् । उनीहरुको मनोबल उत्साहप्रद बनाउन कार्यालय भित्र छमछमी नाचेकी छन् । दीपाली नाच्नासाथ अन्य सबै उमेरसमुहका कर्मचारी दिल खोलेर नाचेको देखिन्छ । दीपाली गोयनले कार्यालयमा कर्मचारीको बीचमा मुकाबला गीतमा नृत्य गरेकी हुन् ।

उनको नृत्य सामाजिक सञ्जालमा धेरै भाइरल बनेको छ । उनको नृत्यमा धेरैले सकारात्मक कमेन्ट गरेका छन् । कमेन्टमा धेरैले लेखेका छन् वाह सीइओ होस् त यस्तो ।

Rare to see a CEO dance and have fun in an office setting. That’s the way to create a happy culture @DipaliGoenka #welspun. pic.twitter.com/B6LAd2u3tr

— Harsh Goenka (@hvgoenka) February 18, 2020