समाचार

गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

By खबरहब

March 26, 2020

पोखरा- कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ ।

१२ दिन अघि भारतबाट फर्किएका ५० वर्षीय विश्वन्धु नेपालीको बुधवार दिउँसो पश्चिमाञ्चल क्षेत्री अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

भारतको हैदरबादबाट फर्किका उनलाई मंगलबारबाट रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

बुधवार विहान खाना खाएर सुतेका नेपाली अबेरसम्म नउठेपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । तर उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार नेपालीमा मुटु, कलेजो तथा मधुमेहको समस्या रहेको थियो ।

भारतबाट फर्किकाहरुलाई संक्रमणको लक्ष्यण नदेखिएपनि क्वारेन्टाइनमा राखिएको उनले बताए ।