टिप्स

फेसबुकको नयाँ नियम एउटा म्यासेज ५ पटक भन्दा बढी फरवार्ड गर्न नमिल्ने

By खबरहब

March 26, 2020

एसेन्जी – गलत सूचनाहरु भाइरल बनाउँन थालिएपछि फेसबुकले नयाँ नियम ल्याउने तयारी गरेको छ ।

नयाँ नियमअनुसार अब फेसबुक मेसेन्जरबाट एउटै मेसेज पाँच पटक भन्दा धेरै सेयर गर्न वा फरवार्ड गर्न नपाइने भएको छ ।

मेसेन्जरमार्फत झुठा सन्देशहरू फैलन नदिनका लागि यस्तो फिचर ल्याउन लागिएको जनाईएको छ। यो फिचर हालका लागि सुचारु नगरिए पनि निकट भविष्यमा फेसबुकको मेसेन्जरमा आउने छ ।

रिभर्स इन्जीनियर जेन मान्चुन ओंगले फेसबुक मेसेन्जर एपमा भएको यो फिचरको बारेमा पत्ता लगाएकी हुन् । तसर्थ चाडैं नै यो फिचर अब फेसबुक मेसेन्जरमा पनि आउन सक्ने सम्भावना रहेको छ ।

 फेसबुकले मेसेन्जर र व्हाट्सएपमा फरवार्ड गरेको मेसेजहरूलाई फरवार्ड गरिएको मेसेज भनेर चिन्ह लगाउने गरेको छ ।