अन्तर्राष्ट्रिय

रुसमा ७४ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित

By खबरहब

April 26, 2020

काठमाडौं – करिव ४ महिनादेखि विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा ६८१ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम ७४ हजार ५८८ जना संक्रमित भएका छन् । एकैदिन अरु पाँच हजार ९६६ जना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ७४ हजार नाघेको हो ।

सङ्क्रमितमध्ये छ हजार २५० जना निको भएर घर फर्किएका छन् भने ६७ हजार ६५७ जनामध्ये २ जहार ३०० सयको अवस्था गम्भीर रहेको छ।