समाचार

सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि, कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुग्यो

By खबरहब

May 26, 2020

सुर्खेत- सुर्खेतमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

आज थपिएका संक्रमित मध्ये ८ जना वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा-८ का २ जना र  २ जना सिम्ता गाउँपालिकाका रहेको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ थपिएका कोरोना संक्रमित सुर्खेतका वीरेन्द्रनगर–१ का १६ वर्षीय पुरुष, वीरेन्द्रनगर–२ का ९ वर्षीय बालक, २०, ३२, ३६ वर्षीय पुरुषहरु र ३२ वर्षीया महिला छन् ।

यस्तै वीरेन्द्रनगर– ३ का ४६ वर्षीय पुरुष र वीरेन्द्रनगर–६ का २६ वर्षीय पुरुष छन् । यस्तै भेरीगंगा–८ का १६ र ७ वर्षीय पुरुष र सिम्ताका ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको प्रदेश सरकारले जनाएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचना