समाचार

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

June 26, 2020

काठमाडौं– कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रदेश अस्पताल सुर्खेतमा २३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३ जना गरी २६ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ थपिएका २६ जना संक्रमितमध्ये २ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यारत स्वास्थ्यकर्मी छन् भने काठमाडौंका एकजना, सुर्खेतका एकजना र जुम्लाका एकजना संक्रमित रहेका छन् ।

यस्तै अन्य १२ जना सुर्खेत, ५ जना दैलेख, ३ जना सल्यान, २ जना जाजरकोट र एकजना मुगुका रहेको महाशाखाले जनाएको छ ।