देश/प्रदेश

कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

July 26, 2020

सुर्खेत- कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

समाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले एक विज्ञप्ति जारी गर्दै थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा तीनजना दैलेखका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेख अस्पताल दैलेखमा दैलेखका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितहरू ७ वर्षका बालकदेखि ५० वर्षका पुरुषसम्म छन् ।

त्यस्तै विभिन्न आइसोलेसन सेन्टर तथा अस्पतालबाट पछिल्लो २४ घण्टामा पाँचजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रदेशमा हालसम्म १ हजार ८९९ जनामा कोरोना पुष्टि भएको छ भने डिस्चार्ज हुनेको संख्या १ हजार ६४५ पुगेको छ । कर्णाली प्रदेशमा हाल दुई सय २२९ जना सक्रिय कोरोना संक्रमित छन् ।