रोचक/विचित्र संसार

पृथ्वीमा पानी कहाँबाट आयो ?

By खबरहब

August 26, 2020

हाम्रो आकाशगंगामा ताराहरु हराउने गर्दछन् । कतै क्षुद्र ग्रहको अवशेष भेटिने गर्दछ । वैज्ञानिकका अनुसार हाम्रो आकाशगंगामा केहि यस्ता क्षुद्र ग्रहहरु छन्, जसमा पानीको मात्रा भेटिने गरेको छ । यही पानी ग्रहमा पानीको आपूर्ति गर्दछ र जीवन अघि बढाउँछ ।

वैज्ञानिकका अनुसार पृथ्वी पहिले सुख्खा र बाँझो क्षेत्र थियो । तर पृथ्वीका बारेमा अनुसन्धान गरिरहेका शोधकर्ताहरुका लागी सबैभन्दा ठुलो प्रश्न थियो, पृथ्वीमा पानी कसरी र कहाँबाट आयो ? बेलायतको वारिक यूनिभर्सिटीका शोधकर्ता रोबर्तो राडीका अनुसार पृथ्वी कुनै ज्यादा पानी भएको क्षुद्र ग्रहसंग ठोक्कियो । त्यसपछि पृथ्वीमा सोहि ग्रहको मार्फतले पानी आएको हुनु पर्दछ ।

आफ्नो शोधलाई विश्वसनीय बनाउन राडीले पानी भएको क्षुद्र ग्रहको उपस्थितिका बारेमा लामो अनुसन्धान गरे । उनले केहि ताराका बारेमा पनि अध्ययन गरे । यी ताराहरुमा गुरुत्वाकर्षण बल निकै हुने उनले पत्तो पाए । रायल अस्ट्रानामिकल सोसाइटीको मासिक सुचनामा शोधकर्ताका अनुसार पर्याप्त पानी भएको क्षुद्र ग्रह आकाशगंगाको अर्काे ग्रहमा पानी पुर्याउन सक्दछ । तसर्थ राडीले पृथ्वीको महासागरमा पानी शुद्र ग्रहबाट हुनसक्ने बताएका छन् ।