फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघ्यो, एकै दिन ६६ हजारमा संक्रमण

By खबरहब

August 26, 2020

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा ६६ हजार ८७३ जना संक्रमित भएसँगै बुधबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख ३९ हजार ९६ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २४ लाख ६८ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख १० हजार ७६३ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १०६६ जनाको मृत्यु भएपछि भारतमा बुधबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५९ हजार ६४५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।