समाचार

विराटनगरमा ४३ सहित प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

August 26, 2020

मोरङ- विराटनगरमा ४३ जनासहित प्रदेश नम्बर १ मा बुधबार १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।

विराटनगरका ४३ संक्रमितमध्ये १३ महिला र ३० पुरुष छन् । यस्तै मोरङमै अरू ६ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यसअतिरिक्त प्रदेश १ का सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९४० पुगेको छ । यस्तै प्रदेश १ मा आज थप ८१ जना डिस्चार्ज भएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ३८५ पुगेको छ ।