फाइल फोटो

अन्तर्राष्ट्रिय

कतारबाट अगष्ट ३१ तारिखमा हिमालय एयरलाइन्सले उडान भर्ने

By योगेन्द्र योगी

August 26, 2020

दोहा – हिमालय एयरलाइन्सले अगष्ट ३१ तारिखमा कतारबाट नेपाल फर्किने उडान तालिका सार्वजनिक गरेको छ ।

साथै यसअघि टिकट लिएका र दूतावासको सूचीमा परेकाहरुले पुनः प्रमाणित गर्नका लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न कतारस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

स्वदेश फर्कनेलाई कोरोना भाइरस (कोभिड १९) को पीसीआर परीक्षण कतार सरकारबाट अनुमति प्राप्त विभिन्न निजी अस्पतालमा गएर गर्न सकिने कतारमा रहेको दूतावासले जनाएको छ ।

सरकारले पीसीआर रिपोर्ट नेगेटिभ लिएर आउनेहरुलाई काठमाण्डौमा होटल क्वारेन्टिनमा बस्न नपर्ने निर्णय गरेको छ ।

तर, पीसीआर रिपोर्ट नलिई स्वदेश फर्केका नेपालीहरू भने काठमाडौंमा आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने दूतावासले जनाएको छ ।

सरकारले भदौ १६ गतेदेखि पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित व्यावसायिक उडान गर्ने निर्णय गरेको छ ।

कतारमा यी अस्पतालमा पीसीआर परीक्षण गर्न सकिन्छ: