सुनसरी- सुनसरीको धरानमा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत बुधबार एन्फा एकेडेमीमा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब संकलन गराएका १८१ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार साँझ संक्रमित थपिएसँगै धरानमा कोरोना संक्रमितको संख्या २ हजार ५५१ पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।