sf7df8f}F, !) dªl;/ M g]kfnL ;]gfsf] k|ToIf Joj:yfkgdf Pl;ofnL /fhdfu{ l8hfOg dfkb08 !((# cg';f/ lgdf{0f ePsf sf7df8f}F t/fO{ dw]z b|'tdfu{ ;8s v08 . t:jL/ M gf/fo0f Gof}kfg], /f;;

समाचार

कोरोना महामारीबीच फास्ट ट्रयाक निर्माणले गति लिँदै (फोटो फिचर)

By खबरहब

November 26, 2020

काठमाडौँ- कोरोना कहरकाबीच राष्ट्रिय गौरबको आयोजना फास्ट ट्रयाकको काम जारी छ ।

महामारीले पनि नरोकिएको काठमाडौँ-निजगढ फास्ट ट्रयाक (द्रुत मार्ग)को काम समयमै अर्थात् २०८०/०८१ मा सकिनेमा नेपाली सेना विश्वस्त देखिन्छ ।

एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण भइरहेको फास्ट ट्रयाक ७२.५ किलोमिटरको हुनेछ ।

फास्ट ट्रयाकले बागमती र प्रदेश-२ का चारवटा जिल्लाहरु (ललितपुर-काठमाण्डौं-मकवानपुर-बारा) छुन्छ ।

फास्ट ट्रयाकको काम मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार आर्थिक वर्ष ०७४/७५ बाट नेपाली सेनालाई जिम्मेवारी दिइएको थियो।

१ सय ७६ अर्ब लागत अनुमान गरिएको आयोजनाको काम अहले १७ प्रतिशत हाराहारी भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।