रोचक/विचित्र संसार

दुलाहाका बुबाले दुलहीकी आमा भगाएपछि…

By खबरहब

November 26, 2020

काठमाडौँ- विवाहका लागि दुलही मेहन्दी लगाउँने तयारी गरिरहेकी थिइन् ।

दुलहा दुलही एक आपसमा सात फेरा लिने सपना देखिरहेका थिए । घर परिवार पनि छोरीको विवाहका लागि तयार थिए ।

त्यसैबेला दुलहीकी आमा दुलहाका पितासँग भागेको खबर आयो । यो अचम्मको खबर भारतको गुजरात स्थित सुरत जिल्लाको हो ।

उनीहरु एकआपसमा युवा अवस्था देखि नै प्रेम गर्दथे । तर, कारणवश उनीहरुको विवाह हुन सकेन । उनीहरु आफ्नो अधुरो प्रेम पूरा गर्न चाहान्थे ।

उनीहरुको भेट आफ्ना छोराछारीको विवाह गर्ने बेलामा भयो ।

सोही बेला ४८ वर्षका दुलहाका पितालाई मौका बन्यो । उनले ४६ वर्षकी दुलहीकी आमालाई भगाए । उनीहरु भागेपछि परिवारले हुनेवाला विवाहका दुलहा दुलहीको विवाह रोकिदिए ।

दुलहा दुलहीको इन्गेजमेन्ट १ वर्ष अगाडि भएको थियो । दुलहीका परिवारले यो घटना प्रहरी स्टेशनमा उजुरी दर्ता गरायो । प्रहरीको अनुसन्धानमा उनीहरू भागेर विवाह गरेको पत्ता लागेको हो ।

उनीहरु छोराछोरीको विवाह आउनुभन्दा २० दिन अगाडिबाट हराएका थिए ।– एजेन्सीको सहयोगमा ।