समाचार

देशभर २७८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै

By खबरहब

December 26, 2020

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २७८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २२८ जना आईसीयूमा र ५० को भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमध्ये  प्रदेश १ मा ११३ आईसीयूमा र ६ भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैगरी प्रदेश २ मा ५को आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन । बागमती प्रदेशमा ८१ जना आईसीयूमा र २९ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा ७२ जना आईसीयूमा छन भने ८ को भेन्टिलेटरमा उपचार भइरहेको छ । लुम्बिनी प्रदेशमा ४४ जना आईसीयूमा  छन भने २ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

यसैगरी कर्णाली प्रदेशमा १० जना आईसीयूमा र १ को भेन्टिलेटरमा उपचार भइरहेको छ भने सूदुरपश्चिम प्रदेशमा ३ जन आईसीयूमा र १ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

देशभर हाल ६ हजार ७४९ कुल सक्रिय संक्रमितमध्ये ३ हजार ३ सय ४९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।