खेलकुद

रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लियो

By खबरहब

January 27, 2020

एजेन्सी–स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा रियल भालाडोलिडलाई हराउँदै मड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा मड्रिड क्लबले १–० विजयी भएको हो ।

मड्रिडको जीतमा नाचोले गोल गरे ।

शीर्ष स्थानको रियलको २१ खेलबाट ४६ अंक छ । उसले दोस्रो स्थानको बार्सिलोनासंग तीन अंकको अग्रता लिएको छ ।