sf7df8f}F, !@ df3M ;efd'v kbdf gjlgjf{lrt ;fksf]6f ;+3Lo ;+;b ejg gofF afg]Zj/df cfOtaf/ a;]sf] k|ltlglw;efsf] a}7saf6 ;efd'v kbdf lglj{/f]w lgjf{lrt ePkl5 ejgaf6 aflxl/g] qmddf clejfbg ub}{ clUgk|;fb ;fksf]6f . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

सभामुखको शपथ ११ बजे

By खबरहब

January 27, 2020

काठमाडौं –  नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको पद तथा गोपनियताको शपथग्रहण आज हुँदैछ ।

राष्ट्रपति कार्यालय शितल निवासमा हुने एक समारोहकाबीच सापकोटालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनेछिन् । राष्ट्रपतिले सभामुखलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ ।

विहान ११ बजेका लागि तय भएको शपथग्रहणको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रपतिका प्रमुख स्वकिय सचिव डा. भेषराज अधिकारीले जानकारी दिए ।

प्रतिनिधि सभाको आइतबारको बैठकले सभामुखमा अग्‍निप्रसाद सापकोटालाई निर्विरोध निर्वाचित गरेको थियो । यौन दूर्व्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्ण बहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त रहँदै आएको थियो ।