मनोरञ्जन

प्रदीप भन्छन् – लकडाउनमा सबैले साथ दिऔं

By खबरहब

March 27, 2020

काठमाडौं – अभिनेता प्रदीप खड्का फिल्म ‘प्रेमगीत ३’ को शूटिङमा लामो समय व्यस्त रहे । उनले यो फिल्मका लागि अरु फिल्म नै गरेनन् । व्यस्तताका कारण फुर्सद मिलाउन नपाउने प्रदीप यतिबेला भने सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

फुर्सदिला भएका बेला उनी फिल्म ‘प्रेमगीत ३’ को प्रचारमा जुटेका छन् । फिल्मको अनलाइन प्रचारमा समेत खटिएका प्रदीप कोरोनाको संक्रमण हुनबाट सबै सजग रहन आग्रह गर्छन् ।

‘कोरोनाबाट सजग रहन जरुरी छ, सरकारले गरेको लकडाउनलाई सबैले साथ दिऔं ।,’ उनी भन्छन् ।

सेल्फ क्वारेन्टाइनमा बसेका प्रदीप भोलि रोग लागेपछि सचेत हुनुभन्दा अहिले नै सचेत हुनुपर्ने बताउँछन् ।

‘कसैलाई समस्या देखिएको छ भने ख्याल गर्नुहोला या सेल्फ आइसोलेसनमा बस्नुहोला.’ उनी अनुरोध गर्छन् ।

सरकारले वैशाख १८ गतेपछि फिल्म प्रदर्शनमा रोक लगाएपछि चैत्र २८ मा प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’ स्थगित भएको थियो । फिल्ममा प्रदी‌प खड्का शीर्ष भूमिकामा छन् ।