अन्तर्राष्ट्रिय

कोरोना भाइरस : अमेरिकामा मृतक संख्या ५५ हजार नाघ्यो

By खबरहब

April 27, 2020

काठमाडौं – करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५५ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार १४० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार ३९६ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार १६७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ८६ हजार ८१८ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार ७७७ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ८ लाख १२ हजार ६४५ जनामध्ये १५ हजार १४३ जनाको अवस्था गम्भीर रहेको छ ।