रोचक/विचित्र संसार

लकडाउनकैबीच अमेरिकामा सम्पन्न यो जोडीको विवाह सामाजिक सञ्जालमा भाइरल

By खबरहब

April 27, 2020

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण विश्व त्रसिद छ । दैनिक जनजीवनका काममा मानिसहरु निस्किन सकिरहेका छैनन् ।

सामाजिक संस्कारमा पनि कोरोनाको प्रभाव परेको छ । कोरोनाको कहरकै बीच अमेरिकामा एक जोडीले गरेको विवाह अहिले सामाजिक सञ्जालमा भाइरल बनेकाे छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकमा भएको यो विवाह त्य पनि लकडाउनकाबीच कसरी भयो भन्ने कौतुहलता सबैमा लाग्न सक्छ ।

विश्वभरका मानिसहरु कोरोनाको कहरले घरभित्रै रहेको अवस्थामा यी जोडीले सामाजिक दुरी कायम गर्दै सभ्य रुपमा विवाह गरे ।

अमेरिकाको टेक्सास राज्यको अस्टिन सहरमा यी जोडीले विवाह गर्दा २ सय जन्ती अनलाइन सहभागी भएको बताइएको छ ।

केटलिन डिलवर्थ र इथन पोलाकको विवाहमा उनीहरुले सहभागी हुनका लागि पाहुनाहरुलाई अनलाइनमार्फत नै जानकारी दिएका थिए ।

करिब २ सय आफन्तजनहरु अनलाइनमा सजिएर आएका र वर बधुलाई अनलाइनमार्फत नै बधाई र आर्शिवाद दिएका थिए ।