काठमाडौं- विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले अनलाइन कक्षा सञ्चालनको लागि आवश्यक सहयोग प्रदान गर्ने भएका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण पढनपाठन ठप्प भएपछि विद्यार्थीको उज्जवल भविष्यका लागि अनलाइन कक्षा सञ्चालनार्थ विद्यालय तथा कलेजलाई समन्वय तथा आवश्यक सहयोग गर्ने जानकारी दिएका हुन् ।
अनलाइन कक्षा सञ्चालनको लागि चाहिने टेक्निकल व्यवस्था नेपाल रिसर्च तथा एजुकेशन नेटवर्क संस्थाले गर्नेछ ।
संस्थाले विद्यालय तथा कलेजलाई अनलाइन कक्षा सञ्चालनको लागि आवश्यक पर्ने भिडियो कन्फेरेन्सिङ सफ्टवेयरको लाइसेन्स तीन महिना सम्मको लागि मात्र उपलब्ध गराउने छ ।
अनलाइन कक्षा सञ्चालनको लागि पढाउने शिक्षक, पढाउने ठाउँमा चाहिने इन्टरनेट, ल्याप्टप तथा डिजिटल क्यामेराको बन्दोबस्त सम्बन्धित शिक्षण संस्थाले आफ्नै खर्चमा गर्नुपर्नेछ । साथै आफ्ना विद्यार्थीलाई पनि तयारी अवस्थामा सम्बन्धित शिक्षण संस्थाले राख्नु पर्नेछ ।
कोरोनाको संक्रमण रोक्न महावीरले पीपीई लगायत मास्क लगायतका सामग्री समेत उत्पादन गरी चिकित्सकहरुलाई सहयोग प्रदान गर्दै आएका छन् ।