रोचक/विचित्र संसार

आमाबाबुको रिपोर्ट नेगेटिभ र नवजात शिशुको पोजेटिभ देखिएपछि डाक्टर अचम्मित !

By खबरहब

June 27, 2020

एजेन्सी – मेक्सिकोमा एक जोडीका तिम्ल्याहा नवजात शिशुमा कोरोना पोजेटिभ देखिएको छ । आश्चर्य लाग्दो कुरा त के छ भने उनका बाबुआमाको कोरोना परीक्षण भने नेगेटिभ देखिएको छ । तर, ३ बच्चामा नै कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ । र, यो घटनालाई संसारकै पहिलो भएको भनिएको छ । डाक्टरहरुले यस्तो घटनाबारे न सुनेको, न देखेको भन्दै आश्चर्य प्रकट गरेका छन् ।

ती शिशुको कोरोना रिपोर्ट जन्मेको ४ घण्टामा गरिएको थियो । शिशुको रिपोर्ट पोजेटिभ देखिए पनि आमाबाबु दुवैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

डाक्टरहरुले नै ती शिशुको परीक्षण गम्भीर रुपमा पुनः गर्नुपर्ने बताएका छन् । ती शिशुमा डेलिभरी गर्दा अरु कोही संक्रमित मानिसका कारण कोरोना हुनसक्ने आँकलन गरिएको छ ।