फाइल फोटो

समाचार

जुम्ला कोरोना सङ्क्रमण मुक्त

By खबरहब

July 27, 2020

जुम्ला – जुम्ला जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो ।

‘प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक कामले यो सफलता प्राप्त भएको हो,’ प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.निरज थापाले भने, ‘अझै कोरोनाको जोखिम कायम रहेको हुँदा सावधानि अपनाउन  आग्रह गर्दछु ।’

प्रतिष्ठानले हालसम्म करिव २० जनाको पीसीआर बिधिबाट परीक्षण गरिसकेको छ । आइसोलेसनमा बाँकी रहेका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमितको सङ्ख्या  शून्य भएको प्रतिष्ठानका कोरोना फोकल पर्सन प्राडा धीरज गुरुङले बताए ।

सङ्क्रमित शून्य भएपछि कोभिडविरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई आइतबार सम्मान गरिएको थियो । जिल्लामा सबै उपलब्ध नहुने भएकाले साङ्केतिक रुपमा उपलब्ध स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा कोरोनाविरुद्ध लड्ने प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो ।