राजनीति

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै

By खबरहब

July 27, 2020

काठमाडौं – सोमबार (आज) साँझ मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ ।

आजको बैठकमा केही महत्त्वपूर्ण एजेन्डामाथि छलफल हुने बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव नियुक्तिका विषयमा समेत छलफल हुने एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका पदका लागि सिफारिस समितिले सूची तयार पारेको छ भने राखेप सदस्यसचिवका लागि ३ जनाको नाम सिफारिस गरिएको छ ।

बैठकमा अन्य विषयमा पनि छलफल हुने जनाइएको छ ।