अपराध

रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण गरेको आरोपमा थप २ जना पक्राउ

By खबरहब

September 27, 2020

रौतहट – प्रहरीले रौतहटमा महेश तिवारी दम्पतीमाथि आक्रमण गरेको आरोपमा थप २ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रवि रावलका अनुसार घटनामा संलग्न रहेको अभियोगमा रामएकवाल मुखिया बिन र उनका एकजना आफन्त पक्राउ परेका हुन् ।

शुक्रबार राति धारिलो हतियार प्रयोग गरि अन्दाधुन्द आक्रमण गर्दा देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी दम्पतीमध्ये श्रीमतीको मृत्यु भएको थियो ।

घटनालगत्तै प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा बली मुखिया बिनलाई पक्राउ गरेको थियोे ।

जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुख एसपी सिद्धि विक्रम शाहले सांघातिक आक्रमण गर्नेहरु अन्यको खोजी भइरहेको बताए ।

केही महिनाअघि गाउँमा बाटोको विषयलाई लिएर स्थानीय स्तरमा विवाद भएको र सोही विवाद अहिलेको अवस्थासम्म आइपुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।